राजविराज, ५ माघ । निरन्तरको शीतलहरका कारण जिल्लामा १९ जनाको ज्यान जानुका साथै विपन्न वस्तीमा जनजीवन कष्टकर भइरहेका बेला खडग नगरापालिकाले शुक्रबार १ हजार ५ सय भन्दाबढी चिसो पीडित विपन्न परीवारलाई कम्वल वितरण गर्नुका साथै नगरको सबै वडामा दाउरा उपल्व्ध गराई आगोताप्ने व्यवस्था मिलाएको छ । 

नगरपालिकामा आयोजित एक कार्यक्रम बीच मेयर हेमायुहकले नगरपालिकाको आन्तरिक कोषबाट विपन्न समुदायका खरिद गरीएको १ हजार थान कम्वल तथा रेडक्रस, जिल्ला दैविक प्रकोप उदार समिति, बाइबल समाज, र एमेनेष्टी इन्टरनेसनल नेपालबाट सहयोग स्वरुप प्राप्त ५ सय २३ गरी १ हजार ५ सय २३ थान कम्वल समबन्धित वडाका अध्यक्ष मार्फत चिसोपीडित परिवारलाई एक –एक थानका दरले वितरण गरेका हुन् ।
यस्तै नगरपालिकाले शुक्रबारै नगरको सबै वडाको विपन्न वस्तीमा आगो ताप्न दाउरा वितरण गरेको छ । शीतलहरले कठ्यांग्रिदो चिसोको सकस वेहोर्दै आएका विपन्न समुदाय न्यानो कम्वल र आगो ताप्न दाउरा पाएपछि निकै हर्षित देखिन्थे ।
जिल्ला प्रहरी कार्यालयका अनुसार तीन साता यताको निरन्तरको शीतलहरले सप्तरीमा शुक्रबार सम्ममा १९ जनाको ज्यान गइसकेको छ ।
यसरी ज्यान गुमाउने मध्ये खडग नगरपालिकाका ७० वर्षिय मुसहरु चौधरी र ६४ वर्षिय प्रेमबहादुर माझी गरी २ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको