राजविराज- राष्ट्रिय प्रजातन्त्रपार्टीका अध्यक्ष एंव उप प्रधानमन्त्री कमल थापाले हालै सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको निराशाजनक परिणामको मुख्य ३ वटा कारण रहेको बताएका छन् । उनले काँग्रेस सँगको सहकार्य, निर्वाचनमा पार्टीबाट न्यून संख्यामा उम्मेदवारी र पार्टी भित्रको अन्तरकलह सँगै भएको विभाजन नै पराजयको मुख्य कारण भएको स्पष्ट पारेका हुन् ।
निर्वाचन परिणाम बारे जिल्ला स्तरमा समिक्षा तथा भावी रणनीति तय गर्न जिल्ला भ्रमणका क्रममा झापा, मोरङ्ग र सुनसरी हुँदै शनिबार राजविराज आई पुगेका अध्यक्ष थापाले निर्वाचनमा भोगेको निराशाजनक र अनेपिक्ष्ँ परिणामबाट पाठ सिकदै नयाँ ढंगले अघि बडने समेत बताए ।
राष्ट्रिय स्तरमा काँग्रेससंग सहकार्य रिएपनि स्थानीय स्तरमा काँग्रेसी कार्यकर्ताले अधिकांश स्थानमा विश्वास घात गरेको उनको आरोप थियो ।
नयाँ सरकार गठनमा भईरहेको ढिलाईमा वर्तमान सरकार न भई संविधानको जटिलता नै बाधक रहेको स्पष्ट पार्दे उनले –राष्ट्रिय सभाको गठन हुनासाथ नयाँ सरकार गठनको बाटो खुल्ने बताए । बाम गठबन्धनलाई जनादेश प्राप्त छ , त्यसैले उनैको नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने उनको तर्क छ ।
देशमा स्थायीत्व र आर्थिक विकासका लागि बलियो सरकार गठन तर्फ देश अघि बढिरहेको अपेक्षा गरीएपनि विगतको क्रियाकलापले विकास र समृद्धिको बाटोमा देश अघि बढनेमा आशंका उब्जेको भन्दै थापाले आगामी दिनमा आफ्नो पार्टी रचनात्मक ढंगबाट देशको राजनीतिमा क्रियाशील रहने बताउनुभयो ।
हिन्दु राष्ट्रको एजेण्डा बोक्दा पनि थ्रेसहोल्डसम्म पार्टीले कटाउन नसकेपनि हिन्दू राष्ट्र र राजासहितको लोकतन्त्रका लागि आफ्नो पार्टीले अब सडकमा क्रियाशील रहने जानकारी दिनुभयो । उहाँले भन्नुभयो –‘जनताले पनि हामीलाई सडकमै पु¥याई दिएका छन् त्यसैले अब संसद भन्दा पनि हाम्रो पार्टीको क्रियाशीलता सडकमै हुनेछ।’
सञ्चारकर्मीहरुको एक जिज्ञासामा अध्यक्ष थापाले संविधान निर्माणका बेला मधेशवादी दलहरु राप्रपा नेपालको कुरा नमाने पनि अहिले बल्ल आफूहरुको लाईनमा आएको भन्दै उहाँले भन्नुभयो–‘मधेशवादी दलको मुख्य एजेण्डा के हो त्यो स्पष्ट हुनुपर्छ ।’ मधेशवादी दलहरुलाई प्रादेशीक दलको संज्ञा दिँदै अध्यक्ष थापाले तीनिहरु अर्मूत कुरा गरेर मधेशी जनतालाई ढाठने काम मात्र गरे ।







