शिव दयाल यादव

सिरहा माघ १४ गते । गोलबजार नगरपालिकाको प्रथम नगरसभावाट ४९ करोड ७७ लाख २४ हजार ४ सय ५० रुपैया बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका मेयर देवनाथ साहले अगामी आर्थिक वर्ष ०७४÷०७५ का लागी आन्तिरक आय तर्फ १ करोड ७९ लाख ७ हजार,गत वर्षको अ.ल्या.३ करोड ४७ लाख ८३ हजार ४ सय ५० रुपैया, नेपाल सरकारबाछ प्राप्त सर्शत तर्फ ११ करोड ९५ लाख ४५ हजार,वितिय समानीकरण तर्फ २६ करोड ३१ लख ३२ हजार र विशेष अनुदान एल.जी.सी.डी. बाट १६ लाख ५ हजार,सासु अनुदान तथा बाल पोषण ५ करोड ८१ लख ५२ हजार र सडक वोर्ड नेपाल २५ लाख रुपैया गरी कुल ४९ करोड ७७ लाख २४ हजार ४ सय ५० रुपैया बजेट विनियोजन गरेको छ ।

ब्याय तर्फ आन्तिरक चालु तथा पुजिगत खर्च ५ करोड २७ लाख ९० हजार ४ सय पचास रुपैया विनियोजन गरेको छ । नेपाल सरकारको व्यय अनुमान प्रशासनिक व्यय अनुमान ६ करोड ५७ लाख ८३ हजार,पुजीगत खर्च व्यय अनुमान १९ करोड ७३ लाख ४९ हजार,पुजीगत वडा तर्फ ६ करोड ५० लाख र नगर योजना तर्फ समपुरक कोष १ करोड र पुजीगत खर्च १२ करोड २३ लाख ४९ गरी कुल ४९ करोड ७७ लाख २४ हजार ४ सय ५० रुपैया बजेट विनियोजन गरेको छ । त्यसतै मेयर साहले नगरपालिकाको विकासका पुर्वाधार शिक्षा,स्वास्थ्य र कृषिमा जोड दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको