राजविराज – अबैध रुपमा गाउँ सभा गरिएको भन्दै तिलाठी कोइलाडी गाउँपालिकाका स्थानीहरुले मंगलवारदेखि गाउँपालिका कार्यालयल अगाडी अनिश्चितकालिन रिले अनशन थालिएको छ ।
तिलाठी कोईलाडी–१ तिलाठी स्थित गाउँ पालिकाको केन्द्र अगाडीनै धर्ना वसेका स्थानियहरुले गाउँ पालिकाको व्यवस्थित कार्यालय हुँदाहुँदै समेत अध्यक्ष सतिशकुमार सिंहले लुकीछिपी पहिलो गाउँ सभा अबैध तरिकाले सम्पन्न गरेको भन्दै उक्त परिषद्का निर्णयहरु खारेज हुनुपर्ने माग अघि सारेको छ ।
तिलाठी कोईलाडी गाउँपालिकाको नाम र केन्द्र सार्ने विवादित निर्णाय समेत उक्त अबैध गाउँ परिषद्वाट गरिएको भन्दै धर्ना वसेका स्थानियहरुले निर्णाय नसच्याईए सम्म आफुहरुको आन्दोलन जारी रहने जानकारी गराए । धर्ना सँगै गाउँ पालिका कार्यालयमा तालाबन्दी समेत गरिएको छ ।
गाउँ परिषद्का निर्णयहरु खारेजी गर्नुका साथै गाउँ पालिकाको पुर्वत नाम तथा केन्द्र परिवर्तन सम्बन्धी निर्णाय परिवर्तन गर्नुपर्ने, चालु आर्थिक वर्ष ०७४÷०७५ को हाल सम्म खर्चको विवरण वुझाउनु पर्ने, गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत सरोजकुमार झा उपर छानविन सहित कारवाहि गर्नुपर्ने लगायतका मागहरु समेत अघि सारिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको