राजविराज । हिन्दु धर्मलाई कदर नगरी प्रदेश नम्बर २ का मुख्यमन्त्री बनाएको भन्दै विश्व हिन्दु परिषद नेपालले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरेको छ ।
सप्तरीको कठौनामा बुधवार एक कार्यक्रमको आयोजना गरी हिन्दु परिषद नेपाल र त्यसका भातृ संगठन हिन्दु युवा परिषदले संयुक्त रुपमा हिन्दु धर्मालम्बीहरुको ¥याली निकाली कठौना चौकमा आएर यादवको पुत्ला दहन गरेको हो । यादवको पुत्लालाई दागवती दिई युवा परिषदका जिल्ला प्रमुख जंग बहादुर सिंहले अन्तिम संस्कार गरेको जनाईएको छ । पुत्ला दहन कार्यक्रममा परिषदका जिल्ला अध्यक्ष राम किशुन साह, अंचल सदस्य उमदेश्वर साह, सदस्य गोपाल गुप्ता, एकल विद्यालयका संयोजक लगायत व्यक्तिहरुको सहभागिता रहेको थियो । यस अघि मधेशको अधिकांश जिल्लामा यादवको पुत्ला दहन भइसहेको जिल्ला अध्यक्ष साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको