काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजिनामा नदिने भएकाछन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले आजै राजिनामा नदिनेबारे छलफल भएको बुझिएको छ ।
प्रधानमन्त्री देउवाले आजै पदबाट राजीनामा दिने टुंगो भइसकेको एक मन्त्रीले बताएकाछन् । उनका अनुसार आफू नेतृत्वको सरकारले राष्ट्रिय सभाको लागि तीन जनाको नाम राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेसम्म नाम अनुमोदन गरेकी छैनन् ।
त्यस्तै प्रधानमन्त्री देउवाले भोली सम्ममा जनताको नाममा सम्बोधन गर्ने भनेर तयारी समेत गरेका छन् । तर, सम्बोधन गर्ने वा नगर्ने भन्नेबारे पनि अहिलेसम्म कुनै टुँगो लागेको छैन् ।
निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम राष्ट्रपतिलाई बुझाए एक दुई दिनमै प्रधानमन्त्री देउवाले राजीनामा दिने भित्री तयारी भइरहेको छ । देउवाले आजै राजीनामा दिने दिने भन्दा भन्दै तत्काल नदिने भएका हुन् ?







