कपिलवस्तु – कपिलवस्तु जिल्लाको नेपाल–भारत सिमाना मर्यादपुर (खुनुवा) क्षेत्रमा बृहत रुपले सरसफाइ गरिएको छ ।
सफाईका अभियानमा भारतीय एस.एस.बी र प्रहरी तथा नेपालका सशस्त्र प्रहरी बल र प्रहरी जुटेका छन् । सोमबार प्रजातन्त्र दिवसको अवसरमा कपिलवस्तु जिल्लाकोे सीमानाका मर्यादपुर (खुनुवा) को सीमा क्षेत्रमा संयुक्त सीमा सरसफाई अभियानअन्तर्गत सरसफाई गरिएको हो ।
सशस्त्र प्रहरी, भारतीय एसएसबी, प्रगति महिला किसान सेवा समिति खुनुवा र स्थानीयको सहभागितामा सीमा नाकामा सरसफाइ गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ( बि.ओ.पी. ) मर्यादपुर खुनुवाको प्रहरी सहायक निरिक्षक. अमृत बहादुर दुलालले बताए । नेपाल–भारत सीमा क्षेत्रमा फालिएको फोहोरको दुर्गन्धबाट नेपाल र भारतीय नागरिकसमेत प्रभावित भएपछि सरसफाई अभियानलाई तिव्रता दिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको