राजविराज–नेपाली काँग्रेसको भातृ संगठन ट्रेड युनियन काँग्रेस सप्तरीको छैठौ जिल्ला अधिवेशन आगामी फागुन २४ गते हुने भएको छ ।
सोमवार युनियनका अध्यक्ष मनोजकुमार मण्डलको अध्यक्षतामा वसेको वैठकले फागुन २४ गते जिल्ला अधिवेशन भब्यताका साथ गर्ने निर्णय गरेको हो ।
युनियनमा शिक्षक संघ, कर्मचारी संघ, प्राध्यापक संघ, यातायात मजदुर संघ, कृषक संघ लगायत एक दर्जन प्रतिष्ठानका गरी ५ हजार २ सय ५३ सदस्य आवद्ध छन् ।
वैठकमा ट्रेड युनियन कांग्रेसका महासचिव उमेस मिश्र केन्द्रिय सदस्य भोगेन्द्र झा, नेपाल इव्रोडि सिलाई वुनाई संघका राष्ट्रिय उपाध्यक्ष कमल परियार लगायतको विशेष उपस्थिती थियो ।







