राजविराज – राजपा केन्द्रिय तथा प्रदेश सभा सदस्य विशेश्वर यादवले जिल्लामा आर्थिक उन्नतीको लागी कृषिमा लगानी गर्नु पर्ने आवश्यकता रहेको बताएको छ ।
सप्तरी क्षेत्र नं.३ को (ख) वाट निर्वाचित प्रदेश सभा सदस्य यादवले मंगलवार राजविराजमा पत्रकार सम्मेलन गरी सप्तरीको विकास गर्न आर्थिक उन्नति नभए सम्म बिकास असम्भव रहेको बताए । उनले यस जिल्लाका जनता अधिकांश कृषि पेशा आधारित रहेकाले किसानहरुलाई कृषि उपाजनको लागी सिंचाई, उन्नत जातको बिऊ बिजन तथा तालिम लगायतका व्यवस्थापन गर्न सके मात्र आर्थिक स्तर उठन सक्ने भएकाले त्यसका लागी प्रदेश सरकार सँग पहल गर्ने बताए ।
हाल सप्तरी जिल्लाको विकासकार्य शुन्य अवस्थामा रहेकाले अव शुन्यबाट नै विकास कार्यको शुरुवात गर्ने उनले बताए । प्रदेश सभा सदस्य यादवले कृषि पश्चात शिक्षा क्षेत्र बिग्रिएको हुँदा गुणस्तरीय शिक्षा सुधार गर्न बिद्यालयहरुमा भित्री व्यवस्थापनको खाचो रहेकोले स्थानीय तहबाटै त्यसलाई व्यवस्थित गर्नुपर्ने जोड दिए । समाज विकासका लागी सडक, सिचाई, कृषि, क्षेत्रलाई व्यवस्थापन गर्न जरुरी रहेको उनले बताए ।
यादवले मधेशको भु–भागमा सिचाईको पुर्वाधार बनाउने लक्ष्य रहेकोले कृषीमा लगानी गरि लघुउद्यम व्यवसाय तर्फ अगाडी बढाउन सकिने बताए । दिर्घकालिन रूपमा सिचाईलाई स्थायित्व बनाए, आयश्रोत बढने छ र युवाहरु रोजगार भई स्वदेशमै रोजगारीको सृजना गर्न सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको