विष्णुपुर,फाल्गुन – राष्ट्रिय जनता पार्टिको अध्यक्ष मण्डल राजकिशोर यादवले मधेशको मुद्दा छोडेर कुनै प्रकारको सम्झौता नगर्ने बताएका छन ।
सिरहाको विष्णुपुरबाट प्रकाशित मिथिला रत्न साप्ताहिक पत्रिकाको विमोचन गर्दै अध्यक्ष यादवले पत्रिकाको शुभकामना दिदै भने संघिय समाजवादी फोरम नेपाल र राजपा नेपालले ग्रीन सिग्नल दियो भने कुरा निराधार रहेको वताए । आफु मधेशको हकहितको विपरित कुनै किसिमको गलत सम्झौता नगर्ने वताए ।
उहाँले एक अर्काे प्रशङ्ग भने २ नम्वर प्रदेशमा भएको मधेश सरकारले राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरुको लागी टाउको दुखाईको विषय वनेको वताए । आज पूरै संघियताको सफलता र असफलता र संघिय रहने हो कि होईन भने जिम्मेवारी २ नम्वर प्रदेशमाथि रहेको वताए । वाँकी रहेको ६ वटै प्रदेशले नियालीरहेका छन् की २ नम्वर प्रदेश के भईरहेको छ ।  मधेश सरकारको प्रभावका कारण आज एक अर्काको दुश्मन बुझने दूई मधेशवादी शक्ति एक भएका हौ ।
अध्यक्ष यादवले आफुलाई संघियताको पक्षधर भने जनयुद्धस्तर वाट परिवर्तनकारी शक्ति भनीने माओवादी आज आफनो असली हर्कत प्रस्तुत गरेको भनी आरोप लगाए । अव मधेशलाई पनि त्यस्तो शक्ति चाहिएको जो वैचारिक रुपमा,साँगठनिक रुपमा चूस्त दूरुस्त रुपमा संघिय समाजवादी फोरम नेपाल र राजपा नेपाल एउटा पार्टि वनोस भन्ने मधेशी जनताको ध्येय अनुसार  विरोधी शक्तिलाई परास्त गर्ने वताए ।
कार्यक्रमलाई सम्वोधन गर्दै विष्णुपुर गाँउपालिकाका अध्यक्ष जोगेश्वर यादवले मिथिला रत्न साप्ताहिक परिवारलाई धन्यवाद दिदै आजको युगमा सञ्चारको अति नै आवश्यकता भएकोले विष्णुपुवाट पत्रिका प्रकाशित हुने भएकोले अव समाजमा रहेको विकृती,विसंगती,भ्रष्टाचार मुक्त समाजको निर्माणमा वाहकको रुपमा सहयोग गर्ने भएकोले आफु जतिवेला सहयोग गर्ने वताए ।
त्यस्तै,पूर्व प्रेस काउन्सिलका सदस्य चन्द्रदेव कामतिले भने पत्रकारिता नै यस्तो पेशा हो जो गैरनाफामूलक हो । त्यसैले अहिले देश संघियतामा रहेको वेला गाँउपालिका नगरपालिका भित्र रहेका शिक्षा,स्वास्थ्य र कृषि पशाको सामाचारलाई प्राथमिकता दिई अगाडि वढायो भने साचिनै मिथिला रत्न पत्रिका मिथिलाको रत्नको रुपमा रहने वताए ।

उक्त पत्रिकाको पकाशक शिव दयाल यादव रहेको छ भन्ने सम्पादकमा वैधनाथ कुमार यादव,व्यवस्थापकमा राकेश कुमार मिश्रा,सल्लाहकारमा दीप कुमार यादव र संवाददताहरुमा महेश सिंह,राम एकवाल राम,नरेश चन्द्र वरवरिया रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको