काठमाडौं- संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक विना निष्कर्ष टुङगिएको छ। असहमती सँगै सत्ताको यात्रा सकसमा परेको छ ।

बालुवाटारमा भएको वार्तामा मन्त्रालय भागवण्डाबारे सहमति हुन नसकेको हो । फोरमले तीन वटा मन्त्रालय मागेको छ । माओवादी र एमालेले भने सुरुमा एक मन्त्री र एक राज्यमन्त्री दिने भनेको छ ।

सहमतिका लागि दुई वटासम्म मन्त्रालय दिन सकिने एमाले र माओवादीका नेताहरुले बताएका छन् । तर मन्त्रालय भागवण्डा नमिलेपछि फोरमसँग सहमति गर्ने प्रयास आज पनि असफल भएको छ ।

एमाले र माओवादी केन्द्रले आपसी सहमतिमा संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर