काठमाण्डौ -प्रधानमन्त्री केपी शर्मा ओलीले संघिय समाजवादी फोरमलाई सरकारमा सहभागी गराउन एक मन्त्रालय थप गर्ने तयारी गर्नुभएको छ ।

केन्द्रमा १८ मन्त्रालय राख्ने सहमति गरेका बाम गठबन्धनले संसदमा स्पष्ट बहुमत भएपनि फोरमलाई ल्याएर दुई तिहाई र्पुयाउन मन्त्रालय संख्या बढाउन लागेका हो ।

फोरमलाई दिन एक मन्त्रालय थप गरे मन्त्रालयको संख्या १९ पुग्नेछ ।

फोरमले सरकारमा सहभागीताका लागि उपसभामुख सहित ४ मन्त्रालयको दाबी गरेपनि तीन मन्त्रालय दिन ओली सकारात्मक रहनु भएको श्रोतको दाबी छ ।

फोरमलाई परराष्ट्र र संघीय मामिला मन्त्रालय दिने सहमती भईसकेको स्रोतले बताएको छ । थप एक मन्त्रालयबारे निर्णय भएको छैन ।
तर मन्त्रालयको संख्या बढाएर भएपनि फोरमलाई तीन मन्त्रालय दिन प्रधानमन्त्री तयार भएको जनाईएको छ ।

आजै सहमतिमा हस्ताक्षर हुने पनि जनाएको छ ।

राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा साँझ ५ बजे बस्ने बैठकमा सबै बिषय टुंङ्ग्याएर सहमति पत्रमा हस्ताक्षर गर्ने गरी तयारी भइरहेको एमाले नेता सुबास नेम्वाङले जानकारी दिनुभयो ।

यसअघिका बैठकमा अन्य सैद्धान्तिक बिषयमा सहमति भईसकेको उहाँले बताउनुभयो । फोरमले उठाउँदै आएको संबिधान संसोधनको मुद्दामा बाम गठबन्धन आवश्यकता र औचित्यताका आधारमा अघि बढ्न सरकारात्मक भएपछि बाँकी बिषयमा प्याकेजमै सहमति गर्दै फोरम नेपाल सरकारमा सहभागी हुन लागेको सो पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको