सप्तरी , कठौना – ग्लोबल आइ.एम.ई.बैंकले शनिवार सप्तरीको कठौना बजार शाखा रहित बैंकिङ्ग सेवा (बी.पी.एल.) उदघाटन भएका छन् ।
बैंकिङ्ग सेवा नयाँ प्राविधिद्धारा ए.टी.एम.औठा छापको माध्यमबाट सेवाग्राहीले आफ्नो खातावाट एक दिनमा पटक–पटक गरी पचाँस हजार सम्म रकम झिक्न सक्ने बताएको छ । बैंकका अनुसार सो बैंकिङ्ग सेवामा जिरो व्यालेन्समा खाता खोल्नसकिने छ ।
बी.एल.बी.का सी.ओ. रबिन्द्र ढकालको अध्यक्षता सम्पन्न उदघाटन समारोशका प्रमुख अतिथि तथा शम्भुनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र प्रसाद चौधरीले ग्लोबल बैंकको बी.पी.एललाई नगरपालिकाबाट सहयोग गर्ने बताए । उनले यस बैंकबाट शम्भुनाथ नगरबासीलाई बचत गर्न तथा नगरपालिकाबाट बृद्धबृद्धाहरुको भत्ता दिने रकम खातावाट दिने लगायतका करोवार गर्न सहयोग हुने बताए ।
बी.एल.बी.का बिक्रम शाहीले घरमा पैसा राख्नाले आगलागी, बाढी घर भित्र पसेर लाखौं रकम बगाउने तथा भिजेर सडने वा मुसाले खाईदिने घटनाहरु भइरहेकाले घरमा रहेको रकम बैंकमा राखे पैसाको व्यास आउने र बचतहुने बताए ।
पहिले आफुले यस बैंक मार्फत रेमिटास मार्फत सेवा दिदै आएको र अव बैंकिङ्ग सेवा दिन लागेको स्थानीय तथा रेमिटान्स प्रोपराइटर शिचरण चौधरीले बताए । उनले यस वैंकिङ्ग सेवा नियमित रुपमा संचालन गर्नमा सवैले सहयोग गरे मात्र ग्लोवल बैंकको शाखाको रुपमा चाडै नै स्थापना हुने जानकारी दिए ।
उदघाटन समारोहमा नगरविकास समिति संयोजक बिरेन्द्र पंडित,वडा नं.६ का वडा अध्यक्ष मो.याकुव राइन, पुर्व भंगहा गाविस अध्यक्ष लक्ष्मी चौधरी,अधिवक्ता महेन्द्र प्रसाद चौधरी,रविन्द्र ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । भने ग्लोवल बैंक शाखा राजविराज बैंकका प्रर्वद्धक ज्ञान कुमार साहले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको