राजविराज । नेपाली कालाकारहरुको लागि भारतको पुनेमा आयोजना गरेको ३ हप्ते तालिम ३ मार्चमा सम्पन्न भएको छ ।
भारतीय राजदुतावासबाट पठाईएका २० जना कालाकारहरुलाई स्किन एक्सन, रसा थेयोरी, सेन्स मेमोरी, सकारात्मक सोच, सामुहिक काम, वाचन, लगायतका विद्याहरुमा तालिम दिएको दुतावासले जनाएको छ । विदेशीहरुको लागि भारतले पहिलोपटक १२ फरवरी देखि शुरु गरिएको सो तालिममा नेपालको तर्फबाट नेपाली कालाकार मेलिना जोशी, आशमा दाहाल, समयाम पुरी लगायतका कालाकारहरुलाई तालिममा सहभागी गराएका थिए ।
बलिउडका फिल्म निर्देशक सुभाष घाईले तालिममा सहभागी भएका नेपाली कालाकारहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । दुतावासले जारी गरेको विज्ञप्ती अनुसार तालिममा सहभागी भएका कालाकारहरुलाई बलिउडका जुनियर आर्टिस्टमा अभिनय गर्न मौका पनि दिने जनाईएको छ ।







