काठमाडौं- सोमबारबाट सुरु भएको संघीय संसद्को बैठक आज पनि बस्दैछ। बिहान ११ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्न लागेको हो।

बैठकको मुख्य कार्यसूचीमा प्रधानमन्त्रीले विश्वासको मत लिने मिति तय गर्ने र सभामुख चयनको कार्यतालिका निर्धारण गर्ने रहेको छ। सभामुखको निर्वाचन फागुन २६ गते हुनेछ।

राष्ट्रियसभा अध्यक्षको चयनका लागि निर्वाचन कार्यतालिका पनि आजै सार्वजनिक गरिने भएको छ।

अन्तरिम कार्यविधि अनुसार नै हालको बैठक चलिरहेकाले आजको बैठकले नियमावली मस्यौदा समितिसमेत गठन गर्ने संसद् सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको