राजविराज – भारतीय दुतावासले मार्च २४ मा क्लास बी बिजनेस इनोवेशेसन सँग मिलेर अन्तराष्ट्रिय उद्यमी सम्मेलन गर्न लागेको छ ।
नेपाल–भारतका युवा उद्यमीहरुलाई एकै ठाउँमा ल्याई अभिनव विचारहरुलाई आदान–प्रदान गराउने उदेश्यले सो कार्यक्रमको आयोजना गर्न लागिएको हो । यस कार्यक्रमले दुबै देशको जनताहरुको बिचमा उद्यमशिलता व्यवसाय र ज्ञान क्षेत्रहरुमा सम्बन्ध विस्तार हुने जनाईएको छ ।
यस कार्यक्रमले दुबै देशका लगानीकर्ता उद्योगी व्यापारीहरुको लागि नयाँ योजना सहितको अवसर हुने दुतावासले जारी गरेको विज्ञप्तीमा जनाएको छ । कार्यक्रमबाट युवा व्यापारी उद्यमीहरुलाई ठुलो कारोवार ी व्यापारीहरुसँग ज्ञान मिल्ने बताईएको छ ।
यस कार्यक्रमले दुबै देशको अर्थतन्त्रमा ठुलो परिवर्तन ल्याउने र सुमधुर सम्बन्ध रहि रहने विज्ञप्तीमा उल्लेख गरिएको छ । सो कार्यक्रममा सहभागी गराउन काठमाण्डौको विभिन्न स्थानमा उद्यमी छनौट अडिसन प्रक्रियालाई अगाडी बढाई ठुलो उद्यमी तथा व्यापारी विचारहरुलाई पहिचान गरी कार्यक्रममा सहभागी गराईने छ ।







