राजविराज – सप्तरी सदरमुकाम राजविराज हटियास्थित नौसाद जुत्ता पसलमा आज भएको आगलागीमा ४० लाखभन्दा बढीको क्षति भएको छ ।
राजविराज ७ स्थित नौसाद खातुनको ४ तले घरमा गएराति करिब साढे २ बजे आगो लागेको थियो । आगोले पसल तथा गोदाममा भएको सम्पूर्ण सामान नष्ट भएको प्रहरीले जनाएको छ । सो पसलमा रहेका सम्पुर्ण जुता जलेर नष्ट भएपछि ४० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरलिे जनाइएको छ । सिरहाको लहान, सुनसरीको इनरुवा र सप्तरीको राजविराज तथा शम्भुनाथ नगरपालिकाका ४ वटा दमकल, स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा साढे ३ घन्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।आगलागी कसरी भएको भन्ने बारे घटनाबारे अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।







