राजविराज– भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएको करिब २ लाख मूल्य बराबरको कपडा सप्तरी प्रहरीले नियन्त्रण लिएको छ ।
सप्तकोशी नगरपालिका ४ स्थित बलार्दह र डाक्नेश्वरी नगरपालिका ४ स्थित कुशाहा चौकबाट कपडा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरलिे जनाउको छ । । प्रहरी चौकी फत्तेपुर तथा इलाका प्रहरी कार्यालय पातो र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले सामान बराबद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीको गस्ती टोलीलाई देखेपछि सामान छोडेर संलग्न व्यक्ति फरार भएको प्रहरीले जनाएको छ । बरामद भएको सम्पूर्ण सामान राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको