प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुवीच यस विषयमा विशेष छलफल भएको स्रोतको दाबी छ ।
सरकारमा सहभागी हुने दल संघीय समाजवादी फोरमलाई कुन–कुन मन्त्रालय दिने भन्नेबारे ओली र प्रचण्डबीच आज छलफल भएको बालुवाटार स्रोतले जनाएको हो । सत्ताका लागि फोरम पनि लाइनमा रहेको छ ।
त्यस्तै राजपालाई पनि कसरी सरकारमा सहभागी गराउन सकिन्छ भन्ने विषयमा आजको छलफल केन्द्रित भएको थियो ।
यसअघि प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिने दलहरुको सम्मानमा बालुवाटारमै चियापानको आयोजना गरेका थिए । त्यस क्रममा फोरम र राजपाका शीर्ष नेताहरुको पनि सहभागिता थियो ।







