राजविराज–नेपाल शिक्षक संघ सप्तरीको ८ औं जिल्ला अधिवेशनबाट शैलेन्द्र मण्डललको प्यानल विजय भएको छ ।
मंगलवार भएको निर्वाचनको परिणाम बुधवार सार्वजनिक गर्दै मण्डलले ८ सय ७६ मत प्राप्त गरी भएको छ भने प्रतिद्वन्द्वी सुर्य नारायण यादवले ५ सय ५७ मत ल्याएको निर्वाचन समितिका संयोजक विदयानन्द झाले जानकारी दिए ।
उपाध्यक्ष महिलामा अरहुल कुमारी साहले ८ सय ८९ मत प्राप्त गरी विजय भएको छ भने प्रतिद्वन्दी चित्र लेखा देवले ५ सय २६ मत प्राप्त गरेको छ भने उपाध्यक्ष भगवती प्रसाद चौधरीले ८ सय ८३ मत प्राप्त गरी विजय भएको छ । प्रतिद्वन्दी योगेन्द्र प्रसाद मेहता ५ सय १६ मत प्राप्त गरेको छ ।
सचिवमा विश्वनाथ भदेशवार यादवले ८ सय ४६ मत प्राप्त गरी विजय भएको हो भने प्रतिद्वन्द्वी श्याम कुमार चौधरीले ५ सय ७१ मत प्राप्त गरेको छ । अर्थ सचिवमा पंचदेव चौधरी ८ सय ४० मत प्राप्त गरी विजय भएको छ भने भोगिलाल साहले ५ सय ६२ मत प्राप्त गरेको छ । स–सचिव (महिला) रंजना यादवले ८ सय ३९ मत प्राप्त गरी विजय भएको छ भने प्रतिद्वन्द्वी ललिता कुमारी झाले ५ सय ७० मत प्राप्त गरेको छ । सह–सचिव लक्ष्मण मेहता ८ सय ६२ मत प्राप्त गरी विजय भएको छ भने प्रतिद्वन्द्वी जिवन कुमार चौधरीले ५ सय २३ मत प्राप्त गरेको छ । सह–सचिव अर्थ महिला शोभा यादवले ८ सय ७१ मत प्राप्त गरेको छ भने प्रतिद्वन्द्वी द्रोपती चौधरी ५ सय २२ मत प्राप्त गरेको छ । सह–सचिव (समावेशीमा) छत्र नारायण यादव, सुन्दर रजक विजय भएको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै सदस्यहरुमा मो. असगर, गजेन्द्र मण्डल, सुर्य नारायण ठाकुर, विनय कुमार यादव, आशा यादव, शुशिला चौधरी, सुनिता चौधरी निर्वाचित भएको छ ।
संघिय प्रतिनिधि तर्फ परशुराम यादव, महेन्द्र प्रसाद यादव, प्रमोद कटुवाल, विनोद कुमार साह विजय भएको हो । त्यस्तै संघिय प्रतिनिधिमा महिला तर्फ गिता चौधरी, कामना ठाकुर विजय भएको छ ।
प्रदेश प्रतिनिधि महिला तर्फ शोभा कुमारी यादव, पुष्पा देव, सत्य नारायण यादव, दिनेश कुमार मण्डल, अनुज कुमार गुप्ता, धर्मदेव साह, जगदिश प्रसाद यादव विजय भएको छ ।







