राजविराज – शम्भुनाथ नगरपालिकाको तिब्र गतिमा विकासीय कार्य भइरहेको छ ।
नगरपालिकाको मेरुदण्डको रुपमा रहेको कठौना बजारलाई व्यवस्थित गर्न विकास निर्माण कार्यलाई निरन्तरता दिइएको हो ।
कठौना बजार स्थित रहेको लोक राजमार्गको दुवै पट्टि सडक पेटीमा ४४ लाख विनियोजित बजेटबाट माटो तथा ग्राभेलको कार्य सम्पन्न गरेको शम्भुनाथ नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मो. आकुब राइनले जानकारी दिए ।
आ.व. २०७४÷०७५ को बजेटबाट विनियोजित ३७ लाख ४० हजार र जनश्रमदान उपभोक्ता समितिद्वारा ६ लाख ६० हजारको जनसहगिताको सहयोगमा माटो तथा ग्राभेलको कार्य पुरा गरेको उपभोक्ता समितिका अध्यक्ष गंगाय ठाकुरले जानकारी दिए ।
लामो समय पश्चात स्थानीय तहको जननिर्वाचित जनप्रतिनिधिहरुले उत्साह जनक रुपमा विकासीय कार्य गरिरहेको स्थानीय बजार वासीहरुको भनाई छ । कठौना बजारमा रहेका एक दर्जन स–साना गल्लीहरु तथा बाटो छेऊको ढल निकासका लागि रु. २० लाखको लागतमा निर्माण जारी रहेको वडा अध्यक्ष राइनले जानकारी दिए । उनले कठौना बजारको मुहार नै फेरिने समेत बताए । कठौना हटियाको मुटुमै रहेको महादेव मन्दिर परिसर भित्र पनि कार्य भइरहेको बताए । कठौना हटियामा समेत ढुङ्गाको टायल विछ्याउने लगायतका योजनाहरु समयमै कार्य गरिसक्ने बताए ।
शम्भुनाथ नगरपालिका प्रमुख योगेन्द्र प्रसाद चौधरीले १२ वटै वडाहरुमा विकासीय निर्माण कार्य शुरु गरेको बताए । यस नगरपालिका भित्र विकास निर्माण तथा कार्यक्रमहरु समय अवधि भित्र सकिने जानकारी दिए ।
नगरपालिकाका प्रमुख प्रशासन अधिकृत विष्णु प्रसाद गुरुङ्गले यस शम्भुनाथ नगरपालिकाको नगर सभा पश्चात विकासीय निर्माण कार्य शुरु गरी हाल सम्ममा २५ प्रतिशत बजेटको विकासीय कार्य भइसकेको बताए । उनले शम्भुनाथ नगरपालिकाको प्रथम नगर सभाबाट विनियोजित बजेट विकासीय कार्यलाई तिब्रता दिइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको