राजविराज – तराई मधेश राष्ट्रिय अभियान पार्टी पुनः सक्रिय भएको छ ।
अभियानका नेता तथा कार्यकर्ताहरु विहिवार लहानमा एक बैठकको आयोजना गरी विभिन्न बुंदामा छलफल गरेको छ ।
बैठकमा तराई मधेश राष्ट्रिय अभियानका संयोजक जय प्रकाश प्रसाद गुप्ता तथा नेताहरुले मधेशमा व्याप्त राजनितिक निरासाका बारेमा चर्चा गर्दै विगतमा मधेशी जनताको हकहितमा काम गर्दै समेत निर्णय गरेको छ ।
उनीहरुले संघीय समाजवादी फोरम र राजपाले देखाएको सत्ता लोभ र मधेशको मुद्दा बिर्सेको विषयमा छलफल समेत गरेको जनाईएको छ ।
राष्ट्रिय अभियानले मधेशी जनता माझ गएर पछिल्ला अवस्था बारे बुझ्ने तथा मधेशी दलालहरुको बारेमा भण्डाफोर कार्यक्रमहरु गर्ने बैडकले निर्णय गरेको छ ।







