राजविराज – पांचथर जिल्ला फिदिम वजार वस्ने अनुसा अधिकारीलाई अपरिचित नम्वरको मोवाइलबाट उनको मोवाइलमा फोन आयो । केही वेरको अलमल पछि उनले फोन उठाउदै सोधिन, को बोल्नु भएको ? उताबाट जवाफ आयो , बधाइ छ तपाइले २५ लाख रुपैया वरावरको चिटठा जित्नु भएको छ । उनलाइ विश्वास भएन । तर फोन गर्नेले उनलाइ आश्वस्त पार्ने प्रयास गर्दै भने, तपाइ भाग्यमानी हुनु हुदो रहेछ । विश्वास गर्नुस तपाइले २५ लाख जित्नु भएकोछ । फोन गर्नेले फेरी थपे, तपाइले जीतेको २५ लाख रुपैया प्राप्त गर्न २ दिन भित्रै कर वापतको ३० हजार रुपैया कुनै मनी ट्रान्सफर कम्पनीबाट पठाउनु होला, नबुझाए रकम फ्रिज भएर जाने छ । ,
२५ लाख रुपैया पाउने प्रलोभनमा उनी फोनकर्ताले टिपाएको नाम र ठेगानामा तत्कालै ३० हजार रुपैया जम्मा गरिन । त्यस पछि उनले लगातार सो नम्बरमा फोन गर्दा पनि कुनै रेस्पोन्स भएन । अनी मात्र उनी ठगिएको चाल पाइन । ठगिएको थाहा पाएर उनी पांचथर प्रहरीको शरणमा पुगीन । उनले पैसा जम्मा गरेको ब्यक्तीको नाम र ठेगाना सहित निवेदन दिए पछि पांचथर प्रहरीले सप्तरी प्रहरीसगं सम्पर्क गरी घटना विवरणवारे जानकारी दिए । सप्तरी प्रहरीले तत्कालै उनको खोजी गरि पक्राउ गर्यो । यसरी पक्राउ परेका ब्यक्ति हुन् सप्तरी सदरमुकाम राजविराज नगरपालिका १२ का महेश कुमार मण्डल। ठगिएका रकम सहित उनी पक्राउ परेका हुन । उनी यस अघि पनि यस्तै झेलीमा अन्य ब्यक्तीहरुलाइ पनि ठगि गरेको प्रारम्भिक अनुसंधानमा देखिएको प्रहरीको भनाइ छ ।
प्रहरीले उनको साथबाट ७० हजार रुपैया नगद तथा ठगीमा प्रयोग गर्ने एक थान मोवाइल समेत वरामद गरेको छ । उनलाइ सप्तरी प्रहरीले आईतवार पाँचथर पठाएको प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले वताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको