लहान – सिरहाको लहान नगरपालिकामा बम विष्फोट हुँदा ६ जना घाइते भएका छन् । स्थानीय व्यपारी विकास सारदााको सुन चाँदी पसलमा बम विष्फोट हुँदा ६ जना घाइते भएका हुन् ।

उनीहरुको स्थानीय सप्तऋषि हस्पिटलमा उपचार भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताए ।

सारडाको पसलमा सुन किन्न आउने एक युवकले ल्याएर राखेको सामान उनी गएको केही समयपछि विष्फोट भएको प्रहरीको भनाइ छ ।
ती युवक गएको केही समयपछि विष्फोटन भएकाले ‘टाइम बम’ हुन सक्ने आशंका प्रहरीको छ । यता जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी) संयोजक जय कृष्ण गोइतले एक विज्ञप्ती जारी गर्दै बम विष्फोटको जिम्मा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको