राजविराज – सप्तरीको खडक नगरपालिका–२ मा गए राती आगलागी हँुदा रु १५ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय भुवनेश्वर मण्डलको घरमा बालेको घुरबाट अचानक लागो लागेपछि निजको दुईवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
गाईगोठमा बाँधिएको चारवटा गोरु, दुईवटा बाख्रा तीनबटा, खसी र एउटा भँैसी जलेर मरेको सप्तरीका प्रहरी नायव उपरिक्षक ध्रुब कुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै सोही वडाका कपिलेश्वर मण्डलको पनि एउटा घर र एउटा गोठ घर जलेको छ । सो घरभित्र बाँधिएको दुईवटा गोरु, एकवटा भौँसी जलेको प्रहरीले जनाएको छ । सो आगालीबाट खाद्यान्न, अन्नपात, लत्ताकपडा, भाँडाकुडा ,नगद गरी करिब रु १५ लाख मूल्यबराबरको क्षति भएको छ । आगोलाई स्थानीयवासी, प्रहरी र बारुणयन्त्रको सहयोमा नियन्त्रमा लिएकनो थियो ।







