काठमाडौं- सरकार गठन भएको एक महिना बितिसक्दासमेत प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई पूर्णता दिन सकेका छैनन्।
संघीय समाजवादी फोरमले पार्टीका तर्फबाट मन्त्रीको नाम नदिएपछि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन।
तेस्रो पटक सरकार विस्तार भएकै दिन फोरमलाई समेटेर प्रधानमन्त्री ओलीले सरकार विस्तारको तयारी गरे पनि फोरमले नाम पठाउन सकेन।
जसकार कारण सरकार विस्तारको प्रक्रिया लम्बिँदै आएको छ। प्रधानमन्त्री ओली र फोरम अध्यक्ष उपेन्द्र यादवबीच मन्त्रालय भागवण्डामा कुरा मिलेको दाबी गरिएको छ।
समहतिअनुसार फोरमले दुई मन्त्री र एक राज्यमन्त्री पाउने छ। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।







