काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा सहभागी गराउन ईच्छा नै नदेखाएको खुलासा भएको छ ।

यसअघि फोरम दुई मन्त्रालय पाउनेगरि सरकारमा सहभागी हुने हल्ला चलेको थियो । तर, फोरम अध्यक्ष यादवले संविधान संशोनधमा लिखित प्रतिबद्धता खोजेपछि सरकारमा फोरमको सहभागितामा ढिलाई भएको थियो ।

सुरुवातमै सत्तारुढ दल एमाले र माओवादी केन्द्रले फोरमलाई सरकारमा ल्याउने अन्तिम तयारी थियो । फोरमका नेता आजै मन्त्री वा भोलि मन्त्री भन्ने हल्ला मच्चिएको थियो तर ओलीले जिल्याइदिए ।

मुख्य कुरा उपेन्द्रले संविधान संशोधनमा लिखित सम्झौता गर्न आग्रह गर्दा ओलीले मानेनन् । बरु यादवको प्रस्ताव ठाडै अस्विकार गरिदिए ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिले राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग नजिक देखिएका छन् ।

उता एमाओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यादवलाई सरकारमा सहभागी गराउन अथक प्रयास गरे । तर, ओलीले कुनै ग्रिन सिग्नल नदिएनन् अन्तत प्रचण्ड थाके स्रोत भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको