राजविराज – बैदेशिक रोजगारमा पलायन भई रहेका युवाहरुका लागी स्वदेश मै रोजगारीको अवसरको सृजना गरिन्का लागी युवा जागरण अभियान शुरु गरेको छ ।
युवा जागरण अभियान सम्वन्धी बुधवार आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक चेतन पौडेलले गरीवीहरुलाई उन्नमुक्ति दिन समाजिक न्यायको लागी यो अभियान सार्थक रहेको बताएका छन् । नेपाली युवाहरु सीप मुलक तालिम दिई जागरुक बनाई रोजगारीको अवसर दिने उनले बताए ।
नेपालमा आर्थिक बिकास नभएकाले समृद्ध हुन नसक्ने बताउदै, जहिलेपनि सरकारले समस्या देखाउने तर समाधान नखोज्ने भएकाले बेरोजगारी समस्या बढेको अभियानका संयोजक पौडेलले बताए ।
बर्तमान केन्द्रीय सरकार र प्रदेश सरकारले बैदेशिक रोजगारबाट जान रोक्निु पर्छ भनिरहेको छ, एकै पटक बैदेशी रोजगारमा जानबाट रोके भने मुलुकमा बेरोजगार युवाहरुको ठूलो संकट उत्पन्न हुन् सक्ने भएकाले बेरोजगारको व्यवस्थापन गरी मात्र रोक्निु पर्ने धारणा राखे । उनले नेपालको ७ वटै प्रदेशमा युवा जागरण अभियानलाई लिएर जाने उदेश्य रहेको बताए । सो अभियानमा डा. कमल रिजाल, रामदेव साह लगायतका सहभागी रहेको छ ।







