लोकेन्द्र यादव
राजविराज – सप्तरीको बोदे बसाईन नगरपालिकालाई एक कार्यक्रमबिच खुल्ला दिशामुक्त क्षेत्र घोषण गरिएको छ ।
नगरपालिकाले आयोजना गरेको कार्यक्रममा वडा अध्यक्षहरुलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको प्रमाण पत्र दिदै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको हो ।
कार्यक्रममा राजपाका उपाध्यक्ष तथा पूर्व कृषि मन्त्री मृगेन्द्र कुमार सिंह यादवले वडा कार्यालयहरुलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्दै सम्पूर्ण नगरवासीहरुलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको जानकारी गराए । उनले खुल्ला दिशामुक्त घोषणाले सामाजिक कुरितिलाई पनि हटाउने बताए ।
बोदे बसाईनका नगरप्रमुख आतिश कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद सुरेन्द्र यादव, संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य अनिरुद्ध सिंह यादव, प्रमुख प्रशासकिय अधिकृत उमेश कुमार यादव लगायतले आ आफ्नो मन्तव्य व्यक्त गरेको थिए ।







