राजविराज – राजविराज नगरपालिकालाई एक कर्यक्रम बिच बुधवार खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको छ ।
सप्तरी सामुदायिक विकास केन्द्रको आयोजनामा भएको कार्यक्रममा भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रीले खुल्ला दिशामुक्त भएको पत्र पढदै खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको मञ्चबाट जानकारी दिए ।
उक्त कार्यक्रममा मन्त्री साहले खुल्ला दिशामुक्त घोषणा गरेर मात्र नभई शौचालय नियमित प्रयोगमा ल्याए मात्र खुल्ला दिशामुक्त भएको महशुस हुने बताए ।
उनले सरसफाईका दृष्टिकोणले राजविराज नगरपालिका सदैव अगाडी रहदै आएको र यसलाई नियमित गर्न स्थानीय तहका कर्मचारीहरु सक्रिय हुनुपर्नेमा जोड दिए ।
राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु यादवको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सिचाई मन्त्री उमेश यादव, राजपाका महासचिव तथा प्रदेश सभा सदस्य मनिष कुमार सुमन, प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे, नगरपालिकाका उप–प्रमुख साधना झा लगायतले आ आफ्नो मनतब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा खुल्ला दिशा क्षेत्रमा सहयोग गर्ने संघ संस्था कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, संचारकर्मी, बुद्धिजिवीलाई दोसल्ला तथा प्रमाण पत्र वितरण गरी सम्मान समेत गरेका थिए ।







