राजविराज – नेपाल ट्रेड युनियन काँग्रेस सप्तरीका छैठौं महाधिवेशनबाट मनोज कुमार मण्डलको अध्यक्षतामा २१ सदस्य समिति सर्वसम्मतिले चयन भएको छ ।
युनियनको अधिवेशनको बन्दसत्रमा पदाधिकारीको नाम सार्वजनिक गर्दै उपाध्यक्ष खुल्लामा विन्देश्वर मण्डल, उपाध्यक्ष (महिला) मा मुन्ना पोखरेल, उपाध्यक्ष सेवा क्षेत्रमा मनोज कुमार माझी, उपाध्यक्ष उत्पादन क्षेत्रमा मिश्रीलाल यादव, उपाध्यक्ष अनौपचारिक क्षेत्र तर्फ नागेश्वर यादव, सचिवमा राम प्रसाद यादव, सहसचिवमा सेखिन लाल दास, कोषाध्यक्षमा संजय कुमार भगत, सदस्यहरुमा मन्नु देव, उदयनन्द ठाकुर, श्याम सुन्दर साह, मो. अफताव, अनवर अली, रिता शर्मा लगायतलाई चयन गरिएको ट्रेड युनियन काँग्रेस निर्वाचन समिति सप्तरीले जनाएको छ ।







