जनकपुर – प्रदेश नं २ मा सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी शिक्षा विकास निर्देशनालय स्थापना गरिएको छ । शुक्रबार प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर शाहबाट उक्त निर्देशनालयको अनावरण गरिएको हो ।

नेपाल सरकार र प्रदेश सरकारको निर्णयअनुसार नै प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत निर्देशनालय स्थापना गर्ने निर्णय भएको थियो ।

अनावरण कार्यक्रममा सामाजिक विकासमन्त्री शाहका साथै सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र मन्त्रालयका सचिव देवीराम भण्डारीले बोलेका थिए । कार्यक्रम रमाकान्त शर्माको अध्यक्षतामा भएको हो । निर्देशनालयमा चार वटा शाखाहरु रहनेछन् भने ३४ जना कर्मचारीको दरबन्दी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको