राजविराज – सप्तरीमा शिक्षा क्षेत्रमा अनियमितता भईरहेको बेला राहत शिक्षक नियूक्तिमा पनि व्यापक भ्रष्टाचार हुन थालेको छ ।
श्री जनता रामेश्वर मेमोरियल माध्यमिक विद्यालय ब्रम्हपुरमा राहत शिक्षक नियुक्तिका लागि लाखौ चलखेल भएको स्रोतको दावी छ ।
मावि तर्फ अग्रेजी , नेपाली विज्ञान , समाजिक शिक्षा र प्रावि शिक्षकका लागि २०७५ फागुन १४ गते विज्ञापन गरिएको थियो । जसको परिक्षा चैत्त ३ र ४ गते भएको जिल्ला शिक्षा समन्वय ईकाइले जनाएको छ । परिक्षाको प्रश्न पत्र नै आउट गरेर केही सिमित व्यक्तिलाई परिक्षामा पास गराउन खोजेको शिक्षा स्रोतले जानकारी दिएको छ । २१ जना सहभागि भएको परिक्षामा अँग्रेजी विषय तर्फ शम्भुप्रसाद सिंह , नेपाली विषय तर्फ पुनित कुमार मंडल , विज्ञान विषय तर्फ बसन्त कुमार मंडल सामाजिक विषय तर्फ ओम प्रकास मंडल र प्राविमा पुष्पा चौधरीको नाम निकाल्ने विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासन विच सहमति भएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको