सप्तरी : कृटपिटबाट सप्तरीमा एक यूवकको ज्यान गएको छ । सप्तरीको तिरहुत गाउँपालिका वडा नम्वर ३ स्थित पिप्राहीका उपेन्द्र यादवका २५ वर्षीय छोरा कृष्ण विराजी (यादव)को ज्यान गएको हो ।
मंगलबार राति राजबिराज नगरपालिका ७ स्थित केही परिचित व्यक्तिहरुले उनलाई कुटपिट गरी घाईते बनाएपछि स्थानीयहरुले प्रहरीले खबर गरेका थिए । खबर लगतै प्रहरी टोलि घटनास्थल पुगरे यूवकलाई तत्कालै राजविराजस्थित अञ्चल अस्पताल पु-याए । कुटपिटबाट घाइते कृष्णको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगमारथा अञ्चल अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि विराटनगर स्थित नोबेल अस्पतालमा पु-याएका थिए ।
उपचारको क्रममा उनको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिए । उनका अनुसार कुटपिट कसले गरेको विषयमा केहि खुल्न सकेका छैन । प्रहरीले घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।