काठमाडौं–भारतले वेष्ट इन्डिज विरुद्धको एक दिवसीय क्रिकेट सिरिज जितेको छ । आइतबार अन्तिम तथा तेस्रो एक दिवसीयमा ४ विकेटले पराजित गर्दै भारतले सिरिज २–१ ले जितेको हो ।

यो जितसंगै भारतले वेष्ट इन्डिज विरुद्ध लगातार १० सिरिज जितको रेकर्ड पनि राखेको छ । भारतले १७ पटक ३ सय प्लस रनको लक्ष्य पूरा गर्न सफल भएको छ ।

भारतको कटकमा भएको डे–नाइट खेलमा ३ सय १६ रनको फराकिलो लक्ष्य भारतले ४८.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा कप्तान विराट कोहलीले ८५ रन बनाए । लोकेश राहुलले ७७, रोहित शर्माले ६३ तथा रविन्द्र जडेजाले नटआउट ३९ रन बनााए । केमो पाउलले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो ।

निकोलस पुरनले ८९ रन बनाउँदा कप्तान केइरन पोलार्डले अविजित ७४ रन बनाए । साई होपले ४२ र रोस्टन चेसले ३८ रन बनाए ।

भारतका डेब्यु ब्वाई नवदीप सैनीले २ विकेट लिए  । यो जितले भारतले वर्ष २०१९ को अन्तिम एक दिवसीय सिरिज जितेको हो ।

यसअघि पहिलो खेलमा भारत ८ विकेटले हार्दा दोस्रो खेल १०७ रनले जितेको थियो ।

भारतले चौथो पटक वर्षको आखिरी एक दिवसीय सिरिज जित हासिलको सफलता पनि कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको