राजविराज –  नेपालमा भुकम्प पश्चात् विद्यालय एवम् अन्य शैक्षिक संरचनाको पुननिर्माण सम्बन्धमा कार्यशालाको आयोजना गरिएको छ ।

भारतको रुड्की स्थित केन्द्रीय भवन अनुसन्धान संस्थानले कार्यशालाको आयोजना गरेको हो । नेपाल सरकार केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) सँग सहकार्य गरियो कार्यशालाको आयोजना गरिएको थियो । कार्यशालामा नेपाल सरकार केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अधिकारीहरु, ठेकेदारहरु, साइट इन्जिनियरहरु लगायत सम्बन्धित सरोकारवालाहरुको उपस्थितिरहेको थियो ।

निर्माणमा उत्कृष्ट गुणस्तरता प्राप्त गर्नका लागि परियोजना कार्यान्वयन निर्देशन, उत्तम निर्माण अभ्यास, अनुगमन तथा रिर्पोटिङ्ग जस्ता पक्षहरु समेट्दै परियोजनाको प्रभावकारी कार्यान्वयनका निमित्त मार्ग प्रशस्त गर्न सो कार्यशालाको आयोजना गरिएको होे ।

परियोजनाका पूर्व निर्माण, निर्माण र निर्माण पश्चात्का सबै चरणहरुमा सुरुदेखि अन्तिमसम्म निर्माण व्यवस्थापनमा उत्कृष्ट अभ्यास प्रदान गर्ने कार्यशालाको उद्देश्य रहेको थियो । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक चूडामणि पौडेल, उप–आयोजना निर्देशक दिलिप शेखर श्रेष्ठ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण एवम् भारतीय राजदूतावासका वरिष्ठ अधिकारीकोे सो कार्यक्रममा उपस्थिति थियो ।

शिक्षा क्षेत्रमा भूकम्प पश्चातको सहायता अनुरुप भारत सरकारले ७० वटा विद्यालय तथा एक पुस्तकालयको पुनर्निर्माणमा सहयोग पु¥याइरहेको छ । केन्द्रीयभवन अनुसन्धान संस्थान, रुड्कीले नेपालका सात जिल्लाहरु (गोरखा, नुवाकोट, धादिङ्ग, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक) मा ७० वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माण हेतु डिजाइन निरीक्षण तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गरिरहेको छ ।

वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद्अन्तर्गत रहेको केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्की एक प्रमुख राष्ट्रिय प्रयोगशाला हुनुका साथै आवास योजना, निर्माण सामग्री, संरचना, जग निर्माण तथा विपद् न्युनिकरण जस्ता क्षेत्रमा अनुसन्धान गर्ने एक शीर्षस्थ संस्था पनि हो । विपद्–उत्थानशील पुनर्निर्माणमा नेपाल सरकारको नीतिनिर्देशन अनुसार शैक्षिक संरचनाहरुको पुनर्निर्माण र प्रवलीकरणका लागि यस केन्द्रीयभवन अनुसन्धान संस्थानले नेपाल सरकार शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईसँग काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको