काठमाडौं – भारतमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या बढ्दै गएको छ । शुक्रबार बिहानसम्म संक्रमितको संख्या १९४ पुगेको छ । ४ जनाको ज्यान गइसकेको छ । जयपुरमा एक दम्पत्तिलाई कोरोना भएपछि उक्त संख्या १९४ पुगेको हो ।

मृतक र संक्रमित बढ्दै गएपछि भारत सरकारले जनता कफ्र्यू लगाउने निर्णय गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २२ मार्च (आइतबार) बिहान ७ बजेदेखि राति ९ बजेसम्म जनता कफ्र्यू लगाउने निर्णय गरेका हुन् ।

उनले जनताले आफै आफ्ना लागि स्वेच्छापूर्वक जनता कफ्र्यू लगाएर सुरक्षित रहन अपील गरेका हु्न् ।

बिहीबार राति देशवासीका नाममा संवोधन गर्दै उनले भने, यो संकट यस्तो हो जसले विश्वभरमा पुरै मानवजाति संकटमा रहेको छ । बिगत केही दिनदेखि यस्तो लागिरहेको छ कि हामी पनि संकटमा परेका छौं । हामी सुरक्षित छौं भन्ने सोच गलत हो ।

के हो जनता कफ्र्यू ? 

मोदीका अनुसार २२ मार्चमा बिहान ७ देखि राति ९ बजेसम्म कोही पनि बाहिर निस्कने छैन । आफूले आफैलाई कफ्र्यू जस्तो हालत गराउनु पर्नेछ ।

मोदीले भने, ‘सम्भव भए हरेक व्यक्तिले प्रतिदिन कम्तीमा १० मानिसलाई फोन गरेर कोरोना भाइरसबारे जानकारी दिनुहोस् । जनता कफ्र्यूका बारेमा पनि बताउनुहोस् ।’

मोदीले आइतबार ठीक ५ बजे हामी घरको ढोकामा उभिएर ५ मिनेटसम्म यस्ता व्यक्तिलाई आभार व्यक्त गरौं जो कोरोना भाइरस विरुद्धको लडाइँ लडिरहेका छन् ।

विश्वभर कोरोनाबाट ९ हजार ८६९ जनाको ज्यान गइसकेको छ । २ लाख ४२ हजार ७२१ जना संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको