नयाँदिल्ली – एक विद्यार्थीलाई सार्वजनिक यातायातमा करणी गरी हत्या गर्ने चार जना दुस्कर्मी भारतीय युवालाई मृत्युदण्ड दिइएको छ । शुक्रबार बिहान ५ः३० बजे उनीहरुलाई झुण्डयाइएको हो ।
१६ डिसेम्बर २०१२ को राति निर्भयालाई बलात्कारपछि हत्या गर्ने चार जनालाई शुक्रबार बिहान ७ वर्ष ३ महिना र ४ दिनपछि दण्ड दिइएको हो ।
मुकेश सिंह, अक्षय ठाकुर, विनय शर्मा र पवन गुप्तालाई फाँसी दिइएको हो । यो दण्डपछि निर्भयालाई न्याय मिलेको घटनाका रुपमा दर्ता भएको छ ।
फाँसी दिनुअघि उनीहरुलाई खाजा खान दिइएको थियो । तर उनीहरुले त्यसलाई अस्वीकार गरेका थिए ।
विनय रोएको भारतीय संचारमाध्यमले लेखेका छन् । यसपछि उनीहरुलाई तिहाडको जेल नम्बर ३ मा बनेको फाँसीघरमा लगेर फाँसी दिइएको थियो ।
तिहाड जेलमा सन् २०१५ पछि पहिलो पटक कसैलाई फाँसी दिइएको हो ।
फाँसी दिइएपछि निर्भयाकी आमा आशादेवीले अन्त्यमा अपराधीहरुलाई झुण्डयाइएको भन्दै आफूहरुले न्याय पाएको बताइन् ।
आजको दिन देशका छोरीहरुको नाम भन्दै उनले खुशी व्यक्त गरेकी छिन् ।
२३ वर्षीया फिजियोथेपारीको विद्यार्थी निर्भयालाई गुडिरहेको बसमा ६ जनाको समूहले बलात्कार गरेका थिए । ६ जना नै पक्राउ परे पनि राम सिंहले सन् २०१३ को मार्चमा जेलमै आत्महत्या गरेको थियो ।
अर्को एक जना १७ वर्षीय युवक सन् २०१५ मा जेलमुक्त भएको थियो ।







