राजबिराज – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री के पी शर्मा ओलीले कोभिड–१९ रोकथामका लागि खडा भएको सार्क स्तरीय कोषमा नेपालबाट १० करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेको भन्दै आभार प्रकट गरेका छन् । मोदीले शुक्रबार एक ट्विट् गर्दै प्रधानमन्त्री ओलीको प्रशंसा गरेका हुन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कोषमा १० करोड रुपैयाँ योगदान गर्नेे बताएका थिए ।

सार्क मुलुकका सरकार/राष्ट्रप्रमुख र प्रतिनिधिबीच गत आइतबार भएको भिडियो कन्फरेन्समा प्रधानमन्त्री मोदीले आफ्नो तर्फबाट १ करोड अमेरिकी डलर योगदान गर्ने जनाउँदै कोषको प्रस्ताव गरेका थिए । यो रकम सार्कका कुनै पनि देशले प्रयोग गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको