काठमाडौं – भारतमा लगाइएको ‘जनता कर्फ्यू’ ले भारत ठप्प भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै आइतबार बिहान ७ देखि राति ९ बजेसम्म   ‘जनता कर्फ्यू’ लगाउने निर्णय गरेका थिए ।

‘जनता कर्फ्यू’ लगाइए पनि केही स्थानमा भने बाहिर निस्कनेलाई प्रहरीले कार्वाही थालेको छ ।

बैंगलुरु र श्रीनगरमा भने वास्तविक कर्फ्यू जस्तै अवस्था हुनेछ । त्यहाँ हिंश्रक घटना बढ्न थालेपछि उक्त कदम चाल्नु परेको स्थानीय प्रशासनले बताएको छ ।

बैंगलुरुमा प्रहरीले बिना कारण घर बाहिर निस्किए कार्वाही गर्ने बताएको छ । दिल्ली प्रहरीले भने कुनै किसिमको कार्वाही नगर्ने जनाएको छ ।

के हो ‘जनता कर्फ्यू’ ?

मोदीका अनुसार २२ मार्चमा बिहान ७ देखि राति ९ बजेसम्म कोही पनि बाहिर निस्कने छैन । आफूले आफैलाई कर्फ्यू जस्तो हालत गराउनु पर्नेछ ।

मोदीले भने, ‘सम्भव भए हरेक व्यक्तिले प्रतिदिन कम्तीमा १० मानिसलाई फोन गरेर कोरोना भाइरसबारे जानकारी दिनुहोस् । जनता कफ्र्यूका बारेमा पनि बताउनुहोस् ।’

मोदीले आइतबार ठीक ५ बजे हामी घरको ढोकामा उभिएर ५ मिनेटसम्म यस्ता व्यक्तिलाई आभार व्यक्त गरौं जो कोरोना भाइरस विरुद्धको लडाइँ लडिरहेका छन् ।

बिहीबार राति देशवासीका नाममा संवोधन गर्दै उनले भने, यो संकट यस्तो हो जसले विश्वभरमा पुरै मानवजाति संकटमा रहेको छ । बिगत केही दिनदेखि यस्तो लागिरहेको छ कि हामी पनि संकटमा परेका छौं । हामी सुरक्षित छौं भन्ने सोच गलत हो ।

के छ भारतको स्थिति ? 
भारतमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या बढ्दै गएको छ । शनिबार रातिसम्म संक्रमितको संख्या  ३ सय २७ पुगेको छ ।

शनिबार मात्रै सबैभन्दा बढी ७१ जना नयाँ संक्रमित थपिएका हुन् । केरल र महाराष्ट्रमा थप १२–१२ जना संक्रमित भेटिएका छन् ।

असममा साढे ४ वर्षको बच्चामा पनि संक्रमण भएको छ ।

अहिलेसम्म अस्पतालमा ३०० जना रहेका छन् भने २३ जना निको भएर घर फर्केका छन् ।

४ जनाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको