राजविराज – कोरोना भाइरसको संक्रमणबाट भारतमा २९ जना भन्दा बढी संक्रमित व्यक्ति निको भएका छन् ।
भारतीय संचारमाध्यमका अनुसार ३ सय ४१ जना कोरोना संक्रमित मध्ये २९ जना निको भएर घर फर्किसकेको जनाएको छ ।
भारतमा कोरोना विरामीको मृत्युदर पनि कम छन । हाल भारतमा कोरोनाबाट ६ जनाको मृत्यु भएको पुष्टी भएको छ । भारतमा कोरोनको संक्रमण रोक्न जनता कफ्र्यु लागू भएको छ भने स्वास्थ्य केन्द्रहरुलाई खुल्ला र दुरुस्त राखिएको छ ।







