जेनेभा –  पाकिस्तानअधिकृत कश्मीरका एक नेताले भनेका छन् कि कथित ’आजाद काश्मीर’ वा स्वतन्त्र काश्मिरमा जनतालाई स्वतन्त्रता छैन र उनीहरू डरको वातावरणमा बाँचिरहेका छन् ।

एसियन न्यूज इन्टरनेशनलसँग बोल्दै जम्मू काश्मीर राष्ट्रिय स्वतन्त्रता गठबन्धन (जेकेएनआईए) का अध्यक्ष महमूद काश्मिरीले भने, “हाम्रो त्यहाँ कुनै नियन्त्रण छैन् । पाकिस्तानले विभिन्न खुफिया एजेन्सीहरूका अधिकारीहरु त्यहाँ पठाएको छ । आजाद काश्मिरमा डरको वातावरण विद्यमान छ । यस्तो अवस्थामा त्यहाँ थोरै मात्र मानिस छन् जसले यसको बिरूद्ध बोल्छन् । बोल्नेहरूलाई पाकिस्तानको खुफिया एजेन्सीहरूले पिरोल्नछन् । जे होस, त्यहाँ ठूलो संख्यामा युवाहरू छन् जो पाकिस्तानको कब्जाको विरोध गर्छन् । संयुक्त राष्ट्रसंघीय मानवाधिकार काउन्सिलको ४३औं सत्रमा भाग लिने पाकिस्तान अधिकृत कश्मिरको नेताले भने ।

१९४८ पाकिस्तानी सेना समर्थित पश्तून आदिवासीहरुले जम्मू कश्मीरमा आक्रमण गरेपश्चात काश्मिरको केही हिस्सा र गिलगित बाल्टिस्तान पाकिस्तानको कब्जामा छ ।

१९८० दशकको अन्त्यतिर पाकिस्तानले यस क्षेत्रलाई आतंककारीहरूका लागि प्रजनन भूमिका रूपमा प्रयोग गर्यो जुन भारतको विरूद्ध उनीहरूले प्रयोग गर्दै आइरहेको छ ।

उनले जिहादको नाममा त्यहाँ आतंकवाद, कट्टरपन्थीकरण र स्थानीय जनतामा बढ्दै गरेको असहिष्णुताका प्रभावहरूप्रति क्रोध र चिन्ता व्यक्त गरे । उनले कश्मीरी युवाहरु आतंकवादको चक्करमा फसेको आरोप लगाए ।

महमूद काश्मिरीले भने कि १९८८देखी उनीहरूले आतंकवादी समूहलाई आश्रय दिन थाले जसको स्थानीयहरुले विरोध गरे । उनीहरूले स्पष्ट रूपमा भने कि त्यस्ता आतंकवादी गतिविधिहरू स्वीकार्य छैन । “जम्मू कश्मीरको मुद्दा राजनीतिक मुद्दा हो जसको समाधान राजनीतिक नै हुनुपर्दछ र यस क्षेत्रमा कुनै पनि किसिमको आतंकवादी गतिविधि निरुत्साहित गरिनुपर्दछ । जनता यसको बिरूद्ध उभिएका छन् । (एएनआई)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको