काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको सन्दर्भमा दोस्रो पटक राष्ट्रका नाममा संवोधन गरेका छन् ।

मोदीले मंगलबार राति १२ बजेदेखि भारतभर सम्पूर्ण देशमा सम्पूर्ण लकडाउनको घोषणा गरेका छन् ।

उनले घरबाट बाहिर निस्किन पूर्णरुपले निषेध लगाएका छन् ।

भारतमा तीन हप्ता (२१ दिन) को लकडाउन लगाइएको हो । मोदीले यो कर्फयुजस्तै भएको भन्दै सचेत रहन आग्रह गरेका हुन् ।

मोदीले घरमै रहेर मात्रै कोरोनाबाट बच्न सकिने भन्दै सबैलाई घरमै रहन आग्रह गरेका छन् ।

कोरोना– कोही सडकमा ननिक्लनु भएको भन्दै घरमा रहन मोदीले आग्रह गरेका हुन् ।

उनले संक्रमितको संख्या पहिलो एक लाख पुग्न ६७ दिन लागेकामा दुई लाख पुग्न केवल ११ दिन लागेको र दुई लाखबाट तीन लाख पुग्न सिर्फ चार दिन लागेको भन्दै कोरोना निकै तेज गतिमा फैलिएको बताए ।

कुनै पनि अफबाह वा अन्धविश्वासबाट बच्न पनि मोदीले आग्रह गर्दै चिकित्सकको परामर्शबिना कुनै पनि औषधिको सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

मोदीले गत मार्च १९ तारिखमा पहिलो संवोधन गरेका थिए । १९ मार्चको संवोधनमा उनले ‘जनता कर्फयु लगाएका थिए ।

उनले उक्त कदमको प्रंशंसा गर्दै अब पनि एकवद्ध भएर कोरोनालाई परास्त गर्नुपर्ने बताएका छन् ।

संकट आउँदा आफूहरुले मिलेर काम गरेको मोदीले बताएका छन् । उनले कोरोनाबाट बच्न सोसियल डिस्टेन्सिङ र आफ्नो घरमै बस्नुपर्नेमा आग्रह गरेका छन् ।

लापरवाही जारी रहे भारतलाई यसको ठूलो मुल्य चुकाउनु पर्ने भन्दै चेतावनी दिएका छन् । यसको मुल्य कति होला भनी अनुमान समेत गर्न नसकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको