काठमाडौं – चीनको वुहानबाट गत डिसेम्बर अन्त्यदेखि विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सबैलाई आक्रान्त पारिरहँदा चीनमा नयाँ खालको भाइरस देखिएको छ ।

उक्त भाइरस ‘हान्ता’ नामको भाइरस भएको बताइएको छ । यसबाट एक जनाको ज्यान गएको छ ।

युनान प्रान्तका ती व्यक्तिको सान्डोङ प्रान्तमा काममा फर्किने क्रममा बसमै मत्यु भएको हो।

त्यसलगत्तै उनी सवार बसमा रहेका अन्य ३२ यात्रुको परीक्षण गर्दा हान्ता नामक भाइरस भेटिएको हो।

मुसाबाट सर्ने यो भाइरस मानिसबाट मानिसमा भने नसर्ने चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको