लाहोर –पाकिस्तान अधिकारीहरुको संग्लनतामा खालिस्तान समर्थक केही नेताहरुको जग्गा कब्जा गर्ने काम भईरहेको छ । खालिस्तान सर्मथक गोपाल चावलाका अनुसार गुरु नानक देवको स्वामित्वमा रहेको जग्गा केही पाकिस्तानी अधिकारीहरुले जबरजस्ती कबजा गरेको छ । जसमा पाकिस्तानको इभ्याक्यु ट्रस्ट सम्पत्ति बोर्ड (ईटीपीबी) को मिलीभगत छ । जुन जग्गा शैक्षिक संस्थाको जिम्मा छ । हिन्दू र सिखले छोडेको धार्मिक ट्रस्टहरू पनि उनीहरुले कब्जा गरिहेको ।
गोपालले एक भिडियोमा भने कि पाकिस्तानी अधिकारीहरु अत्याचार गरिएको छ र पाकिस्तानको पंजाब प्रान्तमा गुरु नानक देवको नाममा दर्ता गरिएको जग्गाको दुरुपयोग सम्बन्धी गुनासो अधिकारीहरूको कानमा परेको छ ।
लश्कर–ए–तोयबासँग जोडिएका चावलाले भिडियोमा भनेका छन् कि पाकिस्तानको ईटीपीबीले गुरुद्वारा नकाना साहिबको जग्गा अतिक्रमण गरेका धनी हरुलाई पाकिस्तानि सरकारले सहयोग र संरक्षण दिइरहेको छ ।
चावलाले भने कि उनले ईटीपीबी अध्यक्ष आमेर अहमदलाई भ्रष्टाचारको प्रमाण दिएका थिए जसले उनको गुनासो ध्यान दिएनन ।
उनले आरोप लगाए कि अहमदले जग्गा कब्जा गर्नेहरूसँग मिलेर काम गरिरहेका छन । यस अघि ईटिपबी गुरु नानक देवको जग्गा बेच्नको लागि खबरमा थियो ।
“मैले नम्र अनुरोध गरेकी थिएँ कि ननकाना साहिबमा जग्गको पूर्ण लुट भएको छ । मैले सरकारी अधिकारी आमेर साहबलाई प्रमाण दिएँ कि यहाँ धेरै अत्याचार भइरहेको छ । त्यहाका स्थानिय पटवारीले सरकारको मिलिभगतमा मानिसहरु संग ३ चार लाख रुपैया लिएर घर बनाउन दिई रहको उनको आरोप छ । पैसा दिएका व्यक्तिहरुले सो जग्गमा घर बनाई सकेको छ ।
चावलाले स्थानीय पटवारीले आफु भगवान भए जस्तै हामी संग व्यबहार गरिरहेको छ । “साना व्यक्ति, जसले पैसा दिन सक्दैनन्न के उनीहरुका लागि कुनै कानुन छैन ? गुरु नानकको सम्पत्ति पैसा दिने अन्य समूदायलाई बाडिरहेको आरोप लगाए । (एनआई)







