काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) विरुद्ध विश्व नै लडिरहेका बेलामा कोरोनाको उद्गम देश चीन भने कोरोनालाई नियन्त्रणमा लिँदै अन्य देशलाई सघाउँदै हिँडेको छ ।

तर सघाउने नाममा चीनले मित्र राष्ट्र पाकिस्तानलाई भने धोका दिएको छ । पाकिस्तानले चीनबाट मास्क पाउने क्रममा ठूलो अपमानसँगै धोका पाएको हो ।

चीनले पाकिस्तानलाई अन्डरवियरबाट बनेको मास्क पाकिस्तानलाई पठाएको हो । यसलाई देखेर पाकिस्तानीहरु भने आक्रोशित भएका छन् ।

पाकिस्तानी टिभी च्यानलहरुले यो विषयलाई गम्भीर रुपले उठाइरहेका छन् । अस्पतालका चिकित्सकहरुले अन्डरवियरबाट बनेको उक्त मास्कको प्रयोग गर्न अस्वीकार गरेका छन् ।

एन–९५ मास्कका ठाउँमा अन्डरवियरबाट बनेको मास्क पठाइएको हो । जुन मास्क कोरोनाजस्तो भाइरसबाट बच्न असफल छ ।

चीनले पठाएका मास्क पाकिस्तानले भन्दा अगाडि युरोपेली देशहरुले अस्वीकार गर्दै फर्काएका थिए ।

यतिसम्म पनि नेदरल्याण्ड र स्पेनले चिनियाँ मेडिकल सप्लाइसमेत रोक्ने निर्णय गरेका छन् ।

चीनले पाकिस्तानलाई धोका दिएको आम संचार माध्यममा चर्चा भएपनि पाकिस्तानी प्रधानमन्त्री इमरान खान भने चीनको गुणगान गर्न चुकेका छैनन् ।

चीनले पाकिस्तानलाई पठाएको मास्क विश्वभर मजाक बनिरहेको छ । अन्डरवियरको पनि मास्क भनेर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको