काठमाण्डौं – कोरोना संक्रमणबाट स्वास्थ्य अवस्था बिग्रिएर आइसीयुमा भर्ना गरिएलगत्तै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य लाभको कामना गर्दै विभिन्न देशका प्रतिनिधि र राजनीतिक दलका नेताले सन्देश पठाउन थालेका छन ।
१० दिन अगाडि कोरोना संक्रमण देखिएका जोन्सन अहिले लण्डनको सेन्ट थोमस अस्पतालको आइसीयुमा छन् । उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई आइसीयुमा भर्ना गरिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर उनको स्वास्थ्य लाभको कामना गरे । उनले ट्वीट गर्दै भनेका छन चाडै स्वास्थ्य अवस्थामा प्रधानमन्त्री जोन्सनलाई अस्पताल भन्दा वहिर देखन चाहन्छु ।








