एजेन्सी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् । उनले मोदी वास्तवमा नै महान् र राम्रो भएको बताएका छन् ।
ट्रम्पले ट्वीटरमार्फत् मोदीको प्रशंसा गरेका हुन् । उनले लेखेका छन, ‘असाधारण समयमा मित्रहरु बीच घनिष्ठ सहयोग आवश्यक छ ।

हाइड्रोक्सीक्लोरोक्विनबारे लिइएको निर्णयका लागि भारत र भारतीय जनतालाई धन्यवाद । यो कहिल्यै विर्सिन सक्दिन ! प्रधानमन्त्री नरेन्द्र मोदी, यो लडाईंमा भारतलाई मात्रै नभई मानवतालाई पनि सहयोग गर्न चाल्नुभएको तपाईंको यो उत्कृष्ट नेतृत्वका लागि धन्यवाद ।’ ट्रम्पले भारतबाट २.९ करोड हाइड्रोक्सीक्लोरोक्विन पठाएको पनि जानकारी दिए । गत शनिबार ट्रम्पले भारतसँग कोरोनासँग लड्नका लागि मलेरियाका लागि प्रयोग हुने औषधी हाइड्रोक्सीक्लोरोक्विनको खोप माग गरेका थिए ।







