एजेन्सी – चीनको अर्थतन्त्रमा शताब्दी यताकै गिरावट आएको छ । शुक्रबार( आज ) सार्वजनिक तथ्यांक अनुसार पछिल्लो तीन महिनामा चिनियाँ अर्थतन्त्रमा ६ दशमलव ८ प्रतिशतले गिरावट आएको हो ।
शुक्रबार चीन सरकारले एक तथ्यांक प्रस्तुत गर्दै यस वर्षको पहिलो त्रैमासिकमा जीडीपीमा गिरावट आएको जानकारी दिएको हो । गत वर्षको सोही अवधिमा वृद्धिदर ६ दशमलव ८ प्रतिशत थियो ।
कोरोनाभाइरस महामारीका कारण चिनियाँ अर्थतन्त्र सन् १९९२ पछि पहिलोपटक खुम्चिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएकाछन् ।
कोरोना महामारीको केन्द्र बनेको चीनमा अधिकांश उद्योग कलकारखा बन्द गरिएको थियो । विगत दुई दशकयता चीनको आर्थिक वृद्धिदर औसत नौ प्रतिशतले बढेको थियो ।
पिपुल्स डेलीले चीनले ल्याएको आर्थिक सहायताकार्यक्रमले मुलुकको आन्तरिक माग बढाउने बताएको थियो । तर चिनियाँ निर्यात भने प्रभावित छ । विश्लेषकहरुले चिनियाँ अर्थतन्त्रमा छिटै सुधार आउने सम्भावना कम बताएका छन् । अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चिनियाँ अर्थतन्त्रमा एक दशमलव २ प्रतिशतको मात्र वृद्धिदर हासिल हुने अनुमान गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको