केनबेरा – नोवेल कोरोना भाइरसबारे अस्ट्रेलियाले आइतबार चीनको पारदर्शितामाथि प्रश्न उठाउँदै भाइरसको उत्पत्ति र फैलिने घटनाको सत्यतथ्यको जानकारीको लागि अन्तरराष्ट्रिय जाँचको माग गरेको छ ।
कोरोना भाइरस गत सालको अन्तमा मध्य चीनको वुहान शहरमा वन्यजीवहरू बेच्ने बजारमा उत्पन्न भएको बताईन्छ । पूरा विश्वमा यसबाट लगभग २४ लाख मानिस संक्रमित भएका छन्.भने लगभग १ लाख ६५ हजार भन्दा बढीको मृत्यु भईसकेको छ।
अस्ट्रेलियाका विदेश मन्त्री मारिज पायनेले चीनको पारदर्शिताबारे उनी धेरै चिन्तित रहेको बताए। पायनेले एबीसी टेलीविजनसंग कुराकानी गर्दैभनेका छन कि कोरोनासित जोडिएको मुद्दा स्वतन्त्र जाँचको विषय हो र मलाई लाग्छ यसो गरिनु महत्वपूर्ण छ।
अस्ट्रेलियाले यसमाथि पूरा जोड लगाउनेछ’। अस्ट्रेलियामा आइतबार कोरोनाको 53 नयाँ देखियो । अस्ट्रेलियाले आफ्नो सार्वजनिक स्वास्थ्य प्रणालीमाथि बोझ बढ्न अघि महामारीलाई नियन्त्रित गर्नमा सफलता हासिल गरेको छ। स्वास्थ्य मन्त्रालय अनुसार, अहिलेसम्म कूल 6,586 जना कोरोना भाइरसले संक्रमित भएका छन्। अस्ट्रेलियामा कोरोनाले कूल 71 जनाको मृत्यु भएको छ।







